.

कुनै नयाँ काम गर्नु अघि मनन गर्नुस् यी कुरा :: सफलता पाउनु हुनेछ !

काठमाडौं, १८ पुस — कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फँस्छौं — यस कामले सफलता देला कि नदेला ।
आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् ।
१ तीन सोच: कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ ः काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।
२ क्षमताको लेखाजोखा: काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।
३ जिभ्रोमा नियन्त्रण: सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।
४ दुश्मनलाई साथी बनाउने: मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।
५ शरीरको हेरचाह: भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।
६ ज्योतिषीसँग परामर्श: काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।
७ पत्नीसँग सल्लाह: विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।
८ रहस्य लुकाउनुस्: काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।
९ अशिष्ट पनि बन्नुपर्छ: जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस् । एजेन्सी
Loading...
Share on Google Plus