.

गोजीभरि पैसा चाहनुहुन्छ भने यी ६ चीज घर ल्याउनुस्

१८ माघ — तपाईं धनसम्बन्धी चिन्ताले घेरिनुभएको छ भने घरमा भएको वास्तुदोष यसको कारण हुन सक्छ । यस दोषबाट मुक्तिका लागि वास्तुशास्त्रले ६ वटा यस्ता कुरा बताएको छ जसलाई घर भित्र्याउनुपर्छ । यी कुरालाई घरमा राख्दा धनसम्बन्धी सबै चिन्ता आफैं सकिन्छन् ।


१ पानी भरिएको माटोको भाँडो

घरको उत्तर दिशामा पानी भरिएको माटोको भाँडो अर्थात् घैंटो राख्नुस् । यसले घरमा धनको कमी हुन दिँदैन । घैैंटो कहिल्यै पनि खाली हुनु हुँदैन ।

२ हनुमानजीको मूर्ति
घरको दक्षिण पश्चिम दिशामा हनुमानजीको पञ्चस्वरूपवाला मूर्ति राखेर दिनदिनै पूजा गर्नुहोला ।

३ पिरामिड
घरमा पिरामिड आकारको वस्तु राख्नुहोला । जुन कोठामा घरका मान्छेले सबभन्दा बढी समय बिताउँछन्, त्यहाँ चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुपर्छ ।

४ धातुको कछुवा वा माछा
कछुवा र माछा भगवान् विष्णुका कच्छप र मत्स्य अवतार हुन् । धातुले बनेका कछुवा र माछा राख्नुभयो भने घरायसी समस्या हट्छन् ।

५ लक्ष्मी कुबेरको तस्वीर

वस्तुका अनुसार सकारात्मक र नकारात्मक दुवैथरी ऊर्जा घरको मुख्य प्रवेशद्वारबाट छिर्छन् । त्यसैले घरको मेन गेटमा नै लक्ष्मी र कुबेरको तस्वीर राख्नुहोस् ।

६ वास्तु देवताको मूर्ति
वास्तुदोषका कारण तपाईंलाई पैसाको समस्या भइरहेको हुन सक्छ । दोष हटाउनका लागि घरमा वास्तु देवताको तस्वीर लगाउनुस् ।

दैनिक भास्करबाट
Loading...
Share on Google Plus