.

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी गिनिज बुकमा नाम लेखाउने तयारीमा

आफूले द्वन्द्व निर्देशन गरेका सिनेमाको सङख्या चार सय ५० सम्म गनेको थिएँ त्यसपछि गन्नै छाडेँ, भन्छन् राजेन्द्र । उनले द्वन्द्व निर्देशन गरेका सिनेमाको सङ्ख्या भने पाँच सय कटिसकेको छ । राजेन्द्र विश्वमै सबैभन्दा धेरै सिनेमामा द्वन्द्व निर्देशन गर्ने निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् । उनले अहिले सबैभन्दा धेरै द्वन्द्व निर्देशन गर्नेमा आफू परेको जानकारी पनि इन्टरनेटबाट लिइसकेका छन् । अब सबै देशका द्वन्द्व निर्देशकले कति सिनेमामा निर्देशन गरेका छन् त्यसको जानकारी निकालेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेको जानकारी उनले हामीलाई गराए ।

उनको विचारमा सबैभन्दा धेरै सिनेमा निर्माण गरिने बलिउड र दक्षिण भारतीय सिनेमाका द्वन्द्व निर्देशकहरुले पनि तीन चार सय जति मात्रै सिनेमामा निर्देशन गरेका होलान् । नेपाली कलाकार कसैले गिनिज बुकमा नाम लेखाउने तयारी गर्यो भने व्यक्ति आफै पहल गर्नु पर्छ । तर यो विषयमा नेपाल चलचित्र विकास बोर्डले पहल गर्नुपर्ने राजेन्द्रको तर्क रहेको छ । नेपाली कलाकारको सवालमा चलचित्र विकास बोर्डले खासै चासो नदेखाउँदा राजेन्द्र पनि मर्कामा परेको दुःखेसो पोख्छन् ।

 राजेन्द्र अगाडि थप्छन्, ‘धेरै चलचित्र खेल्नेमा महानायक राजेश हमालको पनि सम्भावना छ । सायद राजेशले जति सिनेमा अहिलेसम्म कसैले पनि खेलेको छैन होला । राजेशको पनि गिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना देखेको छु मैले ।’ त्यस्तै संगीतकार शम्भुजित बास्कोटा पनि नेपालमा धेरै संगीत भर्ने संगीतकारमा पर्ने उनले बताए ।

 अन्य देशमा कुन कलाकारले कति वटा चलचित्रमा काम गरे सबै कुराको रेकर्ड हुन्छ तर नेपालमा नभएकोमा उनको गुनासो छ । तर अहिले आएर नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यो विषयमा कदम उठाउनेमा उनी विश्वस्त छन् । इतिहास कोर्नको लागि फरक काम गर्नुपर्ने भन्दै आफू र महानायक राजेश हमाल विश्वमै धेरै चलचित्रमा काम गर्ने व्यक्तिमा पर्ने ठूलो सम्भावना उनले देखेका छन् ।
Loading...
Share on Google Plus