.

आँखाको ज्योति बढाउन र १५ वर्ष तन्नेरी देखिने चामत्कारिक औषधी

आँखाको ज्योति बढाउन र आसपासको छालालाई पुनर्जिवित गराउने उपचार जान्ने हो भने एकदम सरल छ साथै यसलाई बनाउने जडीबुटी पनि हाम्रै नजिक सजिलै पाइन्छन् ।
improve-your-eyesight-and-look-15-years-younger
यो चामत्कारिक औषधी नजिकको दृष्टि दोष अथवा माइओपिआको उपचारको लागि एकदमै प्रभावकारी हुन्छ । यो औषधीको सबैभन्दा राम्रो कुरा भनेको यसको कुनै साइड इफेक्ट छैन किनकी यो सबै प्राकृतिक तत्वबाट बनेको हुन्छ । यसको साथै यो औषधी बनाउने काम त्यति खर्चिलो पनि छैन किनकी यो असाध्यै कम मूल्यमा तयार हुन्छ ।
यसको नियमित प्रयोगले आँखा वरिपरिको छाला नरम र मुलायम हुन्छ । र यसले रौं पनि राम्रो हुन्छ र कपाल झर्ने समस्या कम हुन्छ ।
औषधी तयार पार्न चाहिने सामग्री
लसुनको ३ पोटी
१० चम्मा शुद्ध मह
२०० ग्राम आलसको तेल
४ वटा कागती
बनाउने विधि
सबैभन्दा पहिला लसुनको पोटी केलाउनुहोस् र काटेर पिस्नुहोस् । यसपछि कागतीको बोक्रा छोडाएर काट्नुहोस् र त्यसलाई काँचको भाँडामा राखेर लसुन, मह र आलसको तेलमा मिसाउनुहोस् । सबै कुरालाई राम्रोसँग कुनै काठको चम्चाले चलाउनुहोस् ।
औषधी तयार भयो । यो मिश्रणलाई नजमाउनुहोस् । एक चम्मा खाना खानुभन्दा अगाडि दिनमा २ पटक लिनुहोस् । यसलाई छालामा लगानुहोस् ।
यस्तो चामत्कारिक मिश्रणले तपाईंको आँखाको ज्योति मात्र बढाउँदैन, यसले अनुहारको चमक पनि बढाउँछ र तपाईलाई जवान देखिन मद्दत गर्दछ । यसको प्रभाव देखेर तपाईं दंग पर्नुहुनेछ ।
ओन्लीआयुर्वेद डटकमबाट
Loading...
Share on Google Plus