देश टुक्र्याउने अभिव्यक्ति दिने तत्कालिन मन्त्रि समेत रहेका राजेन्द्र महतोलाई भिम रावलले पक्राउ गर्न खोजेपछि…

Loading...
bhim-rajendra२६ पुस, राष्ट्रियताको सवालमा सधै अटल र अडिग रहीआएका एमाले उपाध्यक्ष तथा गृहमन्त्री र रक्षामन्त्री समेत रहिसकेका भिम रावलले एक अनलाइन लाइ दिएको अन्तर्वार्तामा आफुले देश टुक्र्याउने अभिव्यक्ति दिदै हिडेका तत्कालिन मन्त्रि समेत रहेका राजेन्द्र महत्वलाई पक्राउ गर्न खोजेको खुलासा गरेका छन । उनले अन्तर्वार्ताको क्रममा भनेका छन -पक्राउको  प्रक्रिया अगाडि बढ्दा बढ्दै सरकार ढल्यो । र, राज्यविरुद्ध अभिव्यक्ति दिने मन्त्री महतोलाई पक्राउ गर्न गर्ने काम पनि हुन सकेन ।
उनको अन्तर्वार्ता जस्ताको त्यस्तै:
राजेन्द्र महतोले देशभर उत्तजेक अभिव्यक्ति दिइरहेका थिए । संविधान निर्माणको जटिल मोडमा सरकारकै मन्त्रीको उत्तजेक अभिव्यक्ति । माधव नेपाल नेतृत्वमा बनेको सरकारमा रहेका मन्त्री राजेन्द्र महतोले मधेशमा गएर देश विरोधी अभिव्यक्ति दिइरहेका थिए । उनले मधेशमा रथयात्रा गर्ने भनेर पूर्वबाट रथयात्रा सुरु गरे । नेपालगञ्ज पुगिसकेपछि महतोले ‘आफूले भनेको नभए देश नै टुक्र्याउने’ आशयको अभिव्यक्ति दिए । त्यो जानकारी मैले विभिन्न सञ्चार माध्यमाबाट पाएँ ।
त्यसको भोलिपल्ट नै मन्त्रिपरिषदको बैठक बसेको थियो । त्यही बैठकमा मैले समय लिँदै ‘देश टुक्र्याउने अभिव्यक्ति कसैले पनि दिन पाइँदैन । झन सपथ नै खाएर मन्त्रिपरिषदमा रहेका मन्त्रीले यस्तो भन्न कसरी पाइन्छ ? त्यसैले म मन्त्री राजेन्द्र महतोलाई गिरफ्तार गर्दैछु’ भने जानकारी दिएँ । ‘सरकार ढले मात्रै हो नभए म राष्ट्रघाति अभिव्यक्ति गर्ने मन्त्री महतोलाई गिरफ्तार गर्छु’ पनि भनेको थिएँ ।
मैले यसो भनिसकेपछि मन्त्रिपरिषद्का सदस्यहरु गम्भीर मुद्रामा देखिए । त्यहाँ बिजय गच्छदार, महेन्द्र राय यादव जस्ता मधेशी नेताहरु पनि थिए । प्रधानमन्त्रीबाट ‘मन्त्री महतोले बोलेको कुरा अध्ययन गरौं, अनि निष्कर्षमा पुगौँला’ भन्ने कुरा आयो ।
तर, म सम्पूर्ण प्रमाणसहित मन्त्रिपरिषद्मा उपस्थित भएको थिएँ । महतोले गरेको भाषणको अडियो रेकर्ड झिकाइ सकेको थिएँ । सुरक्षा निकायलाई त्यसको सम्पूर्ण विवरण मलाई पेश गर्नु पनि भनेको थिएँ । तर, त्यो प्रक्रिया अगाडि बढ्दा बढ्दै सरकार ढल्यो । र, राज्यविरुद्ध अभिव्यक्ति दिने मन्त्री महतोलाई पक्राउ गर्न गर्ने काम पनि हुन सकेन ।
source:http://www.zoomnp.com
Loading...
Share on Google Plus