सामूहिक बलात्कारको फेसबुक लाइभ !

एजेन्सी । सामूहिक बलात्कारको घटना प्रायः सुनिरहेकै हो तर स्वीडेनमा एउटा यस्तो घटनाबाहिर आएको छ जुन सुनेर तपाइ आश्चर्यचकित बन्नुहुनेछ । स्वीडेनमा ३जना केटा मिलेर एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।
त्यति मात्रै होइन उनीहरुले बलात्कार गरिरहेको भिडियो फेसबुक पेजमा लाइभ समेत गरे । भिडियो देख्ने एक व्यक्तिले प्रहरीलाई फोन गरेका थिए । मिडिया रिपोर्टका अनुसार लाइभ भिडियो झण्डै तीन घण्टासम्म चल्यो । जोसेफिन नामक एक युवकले भिडियो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुलिसले केही बेरमै घटनास्थल पत्ता लगाएर तीनै जनालाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । युवतीलाई मार्ने धम्की दिँदै उसैलाई आफ्नो शरीरको कपडा खोल्न लगाइएको दृश्य भिडियोमा देखिएको थियो ।
त्यसपछि पटक पटक तीनै जनाले ति युवतीलाई बलात्कार गर्छन् । स्वीडेनका स्थानीय मिडियाका अनुसार घटना स्टकहोको उत्तरमा रहको उप्पसलको एक घरमा भएको हो ।

Loading...
Share on Google Plus