.

कालिञ्चोकमा ‘राधे’को छायाँकन गर्दा गर्दै अभिनेत्री प्रियंका कार्की बेहोस भएपछि

काठमाडौं । अभिनेत्री प्रियंका कार्की एउटा गीतको छायाङकन गर्दा गर्दै बेहोस भएकी छन् । अभिनेता निखिल उप्रेती र प्रियंका कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘राधे’को ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीतको छायाँकनको क्रममा उनि बेहोस भएकी हुन् ।

‘हिउँ सहितका दृश्य कैद गर्न दोलखाको कालिञ्चोकमा ‘राधे’ फिल्मको युनिट पुगेका थिए । फिल्मको ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीतको छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माण पक्षले जानकारी गराए ।
गीत छायाँकनको क्रममा बेहोस भएकी अभिनेत्री कार्की करिब दश मिनेट पछि मात्र होस खुलेको पनि जानकारी गराएका छन् । अहिले भने अभिनेत्री कार्कीको अभिनेत्री कार्कीको अवस्था सामान्य नै रहेको ‘राधे’ युनिटले जानकारी गराए । साथै अभिनेत्री कार्कीलाई गाह्रो भएको खण्डमा अस्पताल लैजाने तयारी पनि रहेको बताईएको छ ।

चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको बताईएको छ । सो गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरिरहेका थिए ।
जानकारीमा आए अनुसार अभिनेत्री प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्किनेछन् । फिल्मलार्इ जगदिश्वर थापाले निर्देशन गरिरहेका छन् । फिल्म भने नयाँ बर्षको छेकोमा आगामी बैशाख १ गते रिलिज हुनेछ ।
source:news24nepal.tv
Loading...
Share on Google Plus