नआत्तिनुस, रातो नम्बरबाट फोन आउँदैन !

Loading...
सामाजिक सञ्जालमा अहिले रातो नम्बरको आतङ्क व्यापक बन्दै गएको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार हुन थालेको छ।चल्तीमा नरहेका अनलाइनका नाममा यस्तो रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।
‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्तो रातो नम्बर भन्ने कतै पनि प्रचलनमा देखिंदैन’ उनले भने ‘सामाजिक सञ्जालमा भनिएका कुरा भ्रम हुन्।’ प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न अर्यालको सुझाव छ। सामाजिक सञ्जालमा कुनै पनि सेवा प्रदायकको नम्बरसँग नमिल्ने नम्बर राखेर उदाहरण प्रस्तुत गरिंदै आएको छ।
Loading...
Share on Google Plus