.

रातो नम्बरको चर्चा फैलाउने गायिका पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा केहि दिन यता रातो नम्बरको फोन कलको निकै चर्चा भइरहेको छ । प्रहरी अनुसन्धानले उक्त चर्चा फैलाउने गायिका प्रशन्ना पाण्डेलाई पक्राउ गरेको छ।

केहीबारेमा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
मोबाइल चलाउने व्यक्तिको नम्बरमा रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार गर्ने पाण्डेलाई पक्राउ गरेको हो।
रातो नम्वरबाट फोन आउँदा धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि गायिका प्रहरीसम्म पुगेकी थिइन्।
यसअघि झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्।
उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन्  ( अहिले  डिलेट गरिसकिएको छन्)। केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो।
रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको भन्दै दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणले खण्डन गरिसकेको थियो।
प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न सुझाव छ।
पाण्डेको गाजलु आँखा मेरा देखेर भुतुक्कै…बोलको गीत चर्चामा छ।
Loading...
Share on Google Plus