ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र, नगद पुरस्कारको लागि पचास हजार खर्चने ।

Loading...
कमल बिस्ट
 अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र पारेको जनाएको छ, यहि माघ १३ गते देखि सन्धिखर्क टुडिखेलमा आयोजना हुने प्रतियोगिताको लागि विभिन्न सहयोग दाताबाट आर्थिक सहयोग समेत हुन थालेपछी आयोजक झनै उत्साहित भएको एकेडेमिका अध्यक्ष ऋषि भट्टराईले बताउनुभयो । आयोजकले प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २० हजार तेसै गरि दोस्रो , तेस्रो र सान्त्वनालाई क्रमश १५ हजार, १० हजार र ५ हजार गरि रु.५० हजार खर्चने र साथमा आकर्षक ट्रफी समेत प्रदान गर्ने जनाएको छ अध्यक्ष भट्टराईले विभिन्न ठाउबाट सहयोग आउने क्रम जारी रहेको र उक्त रकम प्रतियोगितालाई भब्य बनाउने काम मा नै खर्चने बताउनु भएको छ । जिल्लामा नमुना योग्य तरिकाले प्रतियोगिता संचालन गर्ने आफ्नो योजना रहेको र खुल्ला प्रतियोगिता भएको हुदा जिल्ला भित्र र जिल्ला बाहिरका उत्कृष्ट टिमहरुको सहभागिता हुने अपेक्षा राखेको उहाले बताउनु भयो । जिल्लामा क्रिकेट खेल प्रशिक्षण दिदै आएको अर्घाखाँची सामुदायिक बिकास क्लबको मातहतमा रहेको क्रीकेट एकेडेमिले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता लाई सफल पार्न सबैको साथ र सहयोग अपेक्षा गरेको भट्टराईले बताउनुभयो ।
Loading...
Share on Google Plus