हेर्नुस् राष्ट्रपतिको छोरीको बिहे ७ तस्बिरमा

Loading...

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारी इन्जिनियर अभिषेक यादवलाई स्वयम्वरको माला लगाउँदै ।
 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभ–विवाह सम्पन्न भएको छ । विवाहमा विभिन्न अग्रज व्यक्तिहरुले उनीहरुलाई शुभकामना दिएका थिए ।
उनको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसँग भएको हो ।
अभिषेक इन्जिनियर हुन् भने कुसुम डाक्टर हुन् ।

राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम आफ्नो वरलाई औँठी लगाउँदै ।
 
राष्ट्रपति भण्डारीले छोरीको विहे शीतलनिवासबाटै गराएकी हुन् । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो ।
उक्त समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए । ज्ञानेन्द्र शाह शीतलनिवास गणतन्त्र आएपछि पहिलो पटक टेकेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा शीतलनिवासमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लगायत नेताहरु ।
ज्ञानेन्द्रले दुलाहादुलहीलाई शुभकामना दिएपछि पूर्वपञ्च नेताहरुसँग गएर गफगाफ गरेका थिए । उनले त्यहाँ आफ्नो पनि ४७ वर्षअघि यसरी नै विवाह भएको सम्झिएका राप्रपाका एक नेताले बताए ।
समारोहमा उनी २० मिनेट मात्र बसेका थिए । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले पनि दुलाहादुलहीलाई शुभकामना दिएका थिए ।

राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शीतल निवासमा विवाहोत्सव समारोह ।

राष्ट्रपतिकी कान्छी सुपुत्री डा निशाकुसुमलाई औँठी लगाउँदै अभिषेक यादव ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाहका 
 अवसरमा शीतलनिवासमा आयोजित कार्यक्रममा भोज ग्रहण गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा 
शीतलनिवासमा आयोजित कार्यक्रममा वरबधुलाई शुभकामना दिँदै प्रधानन्यायधीश सुशीला कार्की ।
तस्बिर : रासस
Loading...
Share on Google Plus