.

नेपालकै प्रसिद्ध सुपा देउरालीमा पर्यटक दोष्वरले वृद्धी

प्रेमनारायण आचार्य
सन्धिखर्क, माघ । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा बृद्धि भएको छ । एक बर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीहरुको सख्यामा दोब्बर बृद्धि भएको छ ।
बिगतका बर्षहरुमा दैनिक एक सय देखि पाँच सयले दर्शन तथा पुजा आजा गर्ने गरेकोमा अहिले आएर दैनिक तीन सय देखि एक हजार जना सम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितका अध्यक्ष पृतम थापाले बताए । नँया बर्ष,र मेला पर्बमा यो सख्या दोब्बरले बढ्छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा ठूलो ओदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरि वलि चढाइन्छ ।
सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराइबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट आउने पर्यटकको संख्या पनि बृद्धि भएको छ ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ्ग, प्युठान, गुल्मी, रुपन्देही, पाल्पा, रोल्पा र स्यांगजाबाट बढि मात्रामा पर्यटक आउने गर्छन । भारतका केहि ठाउँबाट समेत पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर बन्दैछ ।
नेपाललाई मन्दिरै मन्दिरको देश भनेर विदेशीले चिन्ने गर्छन । यहाँ धेरै मन्दिर छन् । मासिक रुपमा करोडौं भेटी उठने मन्दिर पनि छन् । मन्दिरमा उठेको भेटि कहाँ खर्च हुन्छ भन्ने खासै लेखाजोखा हुँदैन ।
केहि ठुला र देसका प्रमुख मानिने मन्दिरमा बेलाबेलामा देबी र देवताको नाममा श्रद्धा पूर्वक चढाएको भेटि दुरुपयोग हुने गरेको, मन्दिरका पुजारी र सञ्चालकहरुले हिनामिना गरेको भन्ने सुन्न सकिन्छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ८ मा खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर पनि धेरै भेटी संकलन हुने मन्दिर मध्येको एक हो । यहाँ उठेको भेटिबाट बिकास निर्माणका काम भैरहेका छन ।
सुपा देखि खाँचीको बाटोमा, स्थानीय स्तरका खानेपानी योजनामा र जिल्लाका तीन विद्यालय समेत सञ्चालनमा सहयोग पुगेको छ । अहिले मन्दिर परिसमा पार्किंग र धर्मशाला बनाउने गरि झण्डै पाँच करोडको योजना बनाउन थालिएको संरक्षण समितिका अध्यक्ष थापाले बताए ।
मन्दिरमा चढाएको भेटीवाट आदर्श मा.वि खाँचीकोटमा ६ जना र शान्ति निमावि सितापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट संकलित रकम मध्ये मासिकरुपमा आदर्श माविलाई ७० हजार र शान्ति निमाविलाई ३० हजार उपलव्ध गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृतम थापाले बताए । यस्तै सन्धिखर्कमा रहेको पाणिनि बेदबिद्या आश्रमकालागि बार्षिक एक लाख उपलब्ध गराउने उनको भनाई छ ।
‘विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग पु¥याउने गरेका छौं’ उनले भने, ‘विभिन्न खाले जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउँदै आएका छौं ।’ यहाँ मासिक झण्डै दुई लाखदेखि पाँच लाख रुपैयाँ भेटी उठ्ने उपाध्यक्ष गोबर्धन थापाले बताए ।
विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । ‘मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो’ उनले भने, विद्यालयलाई यो अवस्था सम्म ल्याउन पाउँदा हामी निकै खुसी छौं ।’
मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । नेपालका अन्य ठूला मन्दिर जहाँ धेरै भेटी संकलन हुन्छ ति मन्दिरहरुमा उठेको भेटि पनि यसै गरी सामाजिक काममा लगाउनु पर्ने संरक्षण समितिका महा सचिब यादब घिमिरेले बताए । सुपा देउराली मन्दिर वरिपरीको वातावरणलाइ व्यवस्थित गरि यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । ‘मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो’ उनले भने ।
सुपा मन्दिरको शिरमा केवुलकार निर्माण गर्न सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने स्थानीय बताउँछन् । सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकोले पनि यसको महत्व बढदो छ ।
Loading...
Share on Google Plus