अर्को ठूलो उपाधि नजिक तेरिया

Loading...

बुटवलकी तेरिया फौजा मगर भारतमा फेरि अर्को उपाधि नजिक छन्। सन् २०१२ मा भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारित डान्स रियालीटी सो डीआइडी ३ को विजेता भएकी तेरिया अर्को रियालिटी सो झलक दिखलाजाको फाइनल पुग्दै अर्को ठूलो उपाधि नजिक पुगेकी हुन्।
माघ १० गते हुने फाइनलमा तेरियालाई जिताउन यतीबेला फेरि नेपालीहरू जुटेका थिए छन्। अहिले बुटवलसहित अधिकांश सहरमा तेरिया जिताऔं अभियान चलाएका थिए ।
उनीहरूले तेरियालाई अहिले फेरि नेपाली नागरिकको साथ र सहयोगको खाँचो रहेको भन्दै तेरियालाई जिताउनका अत्याधिक भोट आवश्यक पर्ने भन्दै मुलुक तथा विदेशबाट अभियान नै चलाए !
भारतीय सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म म्यासेज मार्फत तेरियालाई भोट गर्न सक्ने र  अनलाइनट भोटिङ गर्ने व्यवस्था पनि मिलाइएको थियो र उक्त भोटिंग शनिबारबाट शुरू भएर बिहीबार राति ९ बजे सकिएको छ !
कार्यक्रमको रिजल्ट भने २१ जनवरीमा हुने ग्राण्ड फिनालीमै थाहा हुने छ ! आशा गरौँ फेरिपनि तेरियाले नै वाजी मार्नेछिन !
Loading...
Share on Google Plus