कालसर्प योग थाहा पाउने यी हुन् लक्षणहरु, यी हुन पीडा समाधानका उपाय उपायहरू

तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा पाउन कुण्डलीमा ग्रहको स्थिति हेरेर हेर्नु पर्ने हुन्छ । तर, कहिँलेकाँही जन्म, समय र तिथिको सही ज्ञान नभएर कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा पाउँनको लागि केही विशेष लक्षणबाट पत्ता लगाउन सकिन्छ ।
कालसर्प योगबाट पीडित व्यक्तिको सपनामा मृत्यु भएका मानिसहरु देख्ने गर्दछन् । प्राय सपनामा देखिने व्यक्तिहरु आफ्नै परिवारका हुने गर्दछन् । यस योगबाट प्रभावित व्यक्तिको सपनामा आफ्नो घरको छायाँ देखिने र व्यक्तिलाई कसैले उसको शरिर र घाटीमा थिचिरहेको जस्तो आभाष हुन्छ त्यस्तै सपनामा नदी, ताल, पोखरी, समुन्द्र आदि देखिनु पनि कालसर्पको लक्षण हुन ।
ज्योतिषशास्त्रका अनुसार कालसर्पको योगबाट प्रभावित व्यक्ति समाज एवम् परिवार प्रति समर्पित हुन्छन् । तर, आफ्नो निजी इच्छा प्रकट नगर्ने र आफ्नो सुखको पनि मतलव गर्दैनन् । उनीहरुको जीवन संघर्षले भरिपूर्ण हुने गर्दछ । विरामी भएको र अप्ठ्यारो परेको अवस्थामा एक्लोपन महशुस हुने र जीवन बेकार लाग्ने पनि कालसर्प योगको लक्षण हो ।
यदि तपाईको जीवनमा यस्तो अवस्था आएमा कालसर्पयोगबाट पीडित भएको हुनसक्छ । यस योगको पीडालाई कम गर्नको लागि यी उपाय गर्न सकिन्छ ।
कर्म र फलको कुरा सबै शास्त्र र धर्ममा बताइएको पाईन्छ । हामी जस्तो कर्म गर्दछौ । त्यसै अनुरुपको फल मिल्ने गर्दछ । कालसर्प योगको पछाडी पनि यही मान्यता र धारणा छ । कालसर्प योग यस्तो व्यक्तिको कुण्डलीमा बन्दछ जसले पूर्व जन्ममा सर्प मारेको या कुनै असाहय जीवलाई धेरै पिडा दिएर त्यसको मृत्यु भएको हुन्छ ।
यस बाहेक यो पनि मानिन्छ कि जव व्यक्तिको प्रवल इच्छा अधुरो रहन्छ र आफ्नो इच्छालाई पुरा गर्नको लागी पुनर्जन्म लिन्छ भने त्यस्तो व्यक्तिको पनि कालसर्प योगको सामना गर्नु पर्दछ ।
कालसर्प योगको पीडालाई कम गर्ने उपायहरूः
कालसर्प योगको अनिष्टकारी प्रभावबाट बच्नको लागि शास्त्रमा बताईएको उपाय अनुसार प्रतिदिन पंचाक्षरी मन्त्र ‘ॐ नम शिवाय ’ अथवा महामृत्युञ्जय मन्त्र १०८ जप गर्नु पर्दछ ।
कालो अकिकको मालाले राहु ग्रहको बीज मन्त्र १०८ पटक जप गर्नु पर्दछ, शनिवारको दिन पिपललाई पानी चढाउनु पर्दछ, नागपञ्चमीको दिन व्रत राखी नागदेवको पुजा गर्नु पर्दछ, मयूर पंखधारी भगवान कृष्णको पुजा गर्नु पर्दछ, शनिवार या पञ्चमी तिथिको दिन ११ नरिवल बगेको पानीमा प्रवाहित गर्नु पर्दछ ।
धातुबाट बनेको १०८ नागरनागीनको जोडी बगेको पानीमा प्रवाहित गर्नुपर्दछ र सोमवारको दिन विद्वान पंण्डीतबाट रुद्राभिषेक गर्नु पर्दछ, कालसर्प गायत्री मन्त्रको जप गर्नु पर्दछ यि उपाय गर्नाले कालसर्प योगको अनिष्टकारी प्रभावमा कमी हुनेछ र यसको कारणबाट भविष्यमा आउने अवरोधको सामना गर्नु पर्दैन ।
कालसर्पको योगमा परेका व्यक्तिहरु सर्पदेखि डराउने हुन्छन् । उनीहरुलाई सर्पले डस्ने (टोक्ने) डर लाग्दछ। सपनामा शरिरमा सर्पले बेरिएको या सर्पको सपना आउनु पनि यस योगको लक्षण हुन । उचाईमा जाँदा डर लाग्ने, मनमा अशान्ति हुने, सुनसान स्थानमा जाँदा डर लाग्ने हुन्छ ।
-आनन्द अमृत
Loading...
Share on Google Plus