.

छाेरीकाे बिहेकाे चक्करमा लाग्दा गायक प्रकाश अाेझा पुगे जेल

काठमाडौं । ‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्नो पनि छोरी–चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा ।
सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालते उनलाई पुरानो कैदबाट बाँकी रहेको छ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैं अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था छ ।
तर यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन नसक्ने बाध्यतामा थिए । कारण हो, छोरीको विवाह । त्यसै पनि प्रकाश ओझाकी छोरी भनेर विगत १० वषदेखि यातनापूर्ण जीवन बिताइरहेका बिचरीहरू जसोतसो यो समाजमा हुर्किए, पढे, बढे । इटहरी होस् या समाजमा जहाँ पुगे पनि बाबुको बद्नामीको दाग निर्दोष छोरी–चेलीमाथि खनिइरह्यो ।
काठमाडौंबाट प्लस टु सिध्याएकी ठूली छोरी केही वषअघि एजुकेशन कन्सल्टेन्सीको मद्दतमा अमेरिका पुगिन् । गएको दशैंअघि छोरीले उतै बस्ने एकजना नेपालीसँग विवाहको निधो गरिन् । भदौमा टीकोटालो भयो ।
पत्नीको साथ लागेर प्रकाश महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगे । दूतावासले प्रकाशलाई सरी भनेर पर्काक्ष्दियो , पत्नीको भने भिसा लाग्यो, गइन् । दूतावासले नेपालमा फौजदारी अभियोग झेलिरहेको व्यक्ति भएका कारण उनलाई भिसा दिएन ।source:purbelinews
Loading...
Share on Google Plus