.

अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार

अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार, फेन्सी पसल मकार्मा परेपनी जनतालाई राहतअर्जुन भुसाल
अर्घाखाँची, माघ १०
जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारोवार भएको छ । सहारा शान्ति सामुदायिक विकास क्लव अर्घाखाँची र औद्योतिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा महोत्सव सञ्चालनमा आएको थियो । महोत्सवमा १ सय ९० ओटा स्टल राखिएको थियो । १० ओटा स्टलमा जिल्लाको पहिचान झल्कने खालका बस्तु तथा बालीहरु प्रदर्शनमा राखिएको थियो । महोत्सवमा बढि मात्रामा कपडाको कारोबार भएको छ । जाडो समयमा प्रयोगमा आउने सिरक डस्ना, व्लाङकेट ज्याकेटको कारोवार अत्यधिक मात्रामा भएको थियो । मेलामा ढाकाका कपडाको पनि राम्रो कारोवार भएको छ । महोत्सवमा टिकटबाट मात्र करिव ७० लाख संकलन भएको छ ।
महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका मूल आयोजक समितिका सहसंयोजक कविराम खनालले जानकारी दिए । महोत्सव अबलोकन गर्न छिमेकी जिल्ला गुल्मी, प्यूठान र पाल्पाबाट समेत दर्शकहरु आएका थिए । मेलामा सञ्चालनमा ल्याइएका विभिन्न मनोरञ्जनात्मक खेलहरुबाट पनि प्रशस्तै आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । महोत्सव सुरु भएको पहिलो दिन देखि नै दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सोमबार एक कार्यक्रमका बीच महोत्सवको समापन गरिएको छ । औद्योगिक शान्ति संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा सोँचे भन्दा राम्रो प्रतिफल हासिल गर्न सफल भएको बताए । उनले आफ्नो संस्थाले देशका विभिन्न ठाउँहरुमा गएर महोत्सव सञ्चालन गरिरहेको जानकारी दिँदै जिल्लावासीको यस्तै सहयोग रहेमा आगामी वर्ष पनि महोत्सव सञ्चालन गर्ने बताए ।
मूल आयोजक समितिका संयोजक गोविन्द भुसालले मेलामा सुलभ दरमा वस्तुहरु किन्न पाइएकोमा दर्शकहरुको भिड बढेको बताए । ‘स्थानीय बस्तुको प्रवद्र्धन हुनुका साथै पर्यटन क्षेत्रको समेत विकास भएको महसुस गरेका छौं’ उनले भने । समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले मेला/महोत्सवले पर्यटन प्रवद्र्धनका साथै स्थानीय बस्तुको पहिचान उजार गर्ने भएकाले यस्ता खालका महोत्वसको आवश्यकता रहेको बताए ।
स्थानिय विकास अधिकारी प्रदिप पौडेलले महोत्सवमा अझै अर्घाखाँचीमा उत्पादन भएका सामाग्रीलाई प्रदशनीमा ल्याएर अर्घाखाँचीको पहिचान झल्काउनु पर्ने  बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, मूल आयोजक समितिका सदस्यहरु नारायण खत्री, गोविन्द आचार्यले महोत्सव आर्थिक सामाजिक र साँस्कृतिक हिसावले मेला सफल भएको बताए । मेलामा लोक, आधुनिक पप, हास्य व्यङग्य र फिल्मी क्षेत्रका कलाकारहरुले प्रस्तुती दिएका थिए । ४० रुपैयाँको टिकट काटेर मेलाको अवलोकन गरेका थिए । विद्यार्थी र बृद्धवृद्धाका लागि ३० रुपैयाँको टिकटको व्यवस्था मिलाइएको थियो । समापन समारोहमा गायन तथा नृत्यका विजेतालाई पुरस्कृत गरिएको छ । गायन तर्फ नविन कौशल प्रथम, गिता खड्का द्वितिय र कुलेन्द्र विक तृतिय भएका छन् । यस्तै नृत्यमा आशिष जिएम प्रथम, रिसव भट्टराई द्वितिय र सुष्मा विसी तृतिय भइन । बिजेतालाई नगद प्रमाण पत्रले पुरस्कृत गरियो । महोत्सव सम्पन्न गर्न भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
Loading...
Share on Google Plus