करोडभन्दा बढीले हेरेको पूर्वपश्चिम रेलमा एक बालकको यस्तो डान्स (भिडियोसहित)

काठमाडौं । चलचित्र छक्का पन्जाको ‘पूर्वपश्चिम रेल’ बोलको गीत युट्युबमा १ करोडभन्दा बढीले हेरेको भनेर मिडियामा चर्चा भइरहेको बेला उक्त गीतमै एक बालकले नाचेको भिडियो पनि भाइरल बनेको छ ।

बालकले नाचेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सेयर हुँदा छ लाख ७९ हजार जनाले हेरिसकेका छन् । उक्त बालकले नाचेको भिडियो हेरिसकेपछि ‘पूर्वपश्चिम रेल’ मा नाच्ने सुमनलाई फल्प खुवाउने भन्दै प्रतिक्रिया दिएका छन् । कसैले उक्त बालकले राम्रो ठाउँ पायो भने धेरै राम्रो नाच्न सक्ने समेत टिप्पणी गरेका छन् ।

बालकको नाम र कता बस्ने हो हामी पत्ता लगाउने छौं । चलचित्र छक्का पन्जाका निर्माता दीपकराज गिरी हुन् । यही चलचित्र केही दिन अगाडि युट्युबमार्फत पाइरेसी भएको थियो । भिडियो स्रोत : नारायण ढकाल
Loading...
Share on Google Plus