साइँली युट्युबमा हिट (भिडियोसहित)

काठमाडौं, फागुन १ – गायक हेमन्त रानाको नयाँ गीत ‘साइँली’ को म्युजिक भिडियोलाई धेरैले रुचाएका छन् । शनिबार युट्युबमार्फत सार्वजनिक भएको साइँलीको म्युजिक भिडियो एक दिनभित्रै ६ लाख भन्दा धेरै पटक हेरिएको छ । युट्युबको नेपाल ट्रेन्डिङमा साइँली एक नम्बरमा छ ।
हेमन्त रानाको सुमधुर स्वर र गीतको शब्दले यसअघि नै धेरैको मन जितेको थियो । म्युजिक भिडियो पनि गीतको भावसँग मिल्ने बनेकोले दर्शकले रुचाएका छन् । हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीतमा रहेको गीतको म्युजिक भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन पनि हेमन्त रानाले नै गरेका हुन् । ६ लाख भन्दा धेरै पटक हेरिएको म्युजिक भिडयोलाई झण्डै तीस हजारले लाइक गरेका छन् । दुई हप्ताअघि साइँलीको शब्द समेटिएको भिडियो युट्युबमै सार्वजनिक गरिएको थियो । साइलीको लिरिकल भिडियो झण्डै १३ लाखले हेरिसकेका छन् ।
Loading...
Share on Google Plus