श्रीमतीको यादले अाैधी सताएपछि श्रीमानले बनाए जेलभित्रै ताजमहल

नयाँ दिल्ली । मादक पदार्थ तस्करीको आरोपमा जेलमा सजाय काटिरहेका एकजना फ्रान्सेली नागरिकले श्रीमतीको सम्झनामा जेलभित्रै ताजमहल बनाएका छन् । भारतको उत्तरप्रदेशस्थित महरागञ्ज कारागारमा कैदी जीवन बिताइरहेका एल्बटृ पास्कल शाइनेले सलाईको काँटीबाट ताजमहलको उत्कृष्ट नमूना बनाएका हुन ।

नयाँ वर्षमा श्रीमतीलाई उपहार दिन ताजमहल बनाएको पास्कल बताउँछन् । जेल प्रशासनका अनुसार उनले यो ताजमहल बनाउन तीस हजार काँटी र दुई किलो फेबिकोल गमको प्रयोग गरे । जेल प्रशासनले यो उपहारको सुरक्षाका लागि विशेष प्रबन्ध गरेका जनाएका छन् ।
शुरुका दिनमा हिन्दी बोल्न नजान्दा एक्लै बस्ने पास्कलको मित्रता जेलमा रहेका मनौब्बर नामक कैदीसँग भएपछि संकेतकै भरमा ताजमहल बनाउने विचार पास्कलले शेयर गरेका थिए । जेल अधिकारीहरुले पास्कलको इच्छाको सम्मान गर्दै उनलाई सामान उपलब्ध गराएका थिए ।
Loading...
Share on Google Plus