.

सिद्धार्थ गौतमले यही रुखमुनी पाएका थिए ज्ञान

एजेन्सी । करिब २ हजार बर्ष पहिले भारतका तत्कालिन सम्राट अशोकले एक विशेष रुखको एक हांगा काट्ने आदेश दिएका थिए । भनिन्छ, त्यही रुखमुनि सिद्धार्थ गौतमले ज्ञान पाएका थिए र उनी बुद्ध बनेका थिए । सम्राट अशोकले यसको हागोलाई राजकीय सम्मान दिएका थिए र यसलाई एक सुनको भाडामा राखेका थिए ।

यस कथाको आधार ऐतिहासिक महाकाव्य ‘महावंश’ हो, यो कहानी नेभारा प्रजातिको बोधी वृक्षबारेमा कथिएको छ। विश्वभरमा कुल ७५० प्रकारको नेभाराको रुख पाइन्छन् । तर, कुनै अर्को रुखको बारेमा इतिहासमा यसरी बयान गरिएको भेटिएको छैन, जसरी यो वृक्षको चर्चा गरिएको छ।

नेभाराको अधिकांश प्रजातिको जरा जमिनमुनि नै हुन्छ । तर, जंगली नेभाराको जरा बाहिर हावामा झुलिरहेको हुन्छ र हांगाबाट निस्किएका जराहरु लामो र मोटो हुँदै पूरै रुखलाई ढाकिदिन्छ । कहिलेकाही जरा यसरी फैलन्छ कि मुल रुख नै समाप्त हुन्छ ।
दुई वटा देशमा यसलाई देशको चिन्हको हिस्सा बनेको छ । इन्डोनेसियामा यस रुखलाई ‘अनेकतामा एकता’को प्रतिकको हो । त्यस्तै, प्रशान्त महासागरको पश्चिमी भागमा बारबडोस द्धिप छ । भनिन्छ, जब यूरोपबाट आएका जलयात्री(माझी) यस टापुमा पुगे, उनिहरुले यस रुखको जरा कुनै साधुको फैलिएको जट्टाधारी कपाल जस्तै देखे ।

बौद्ध, हिन्दु र जैन धर्मावलम्बीहरु दुई हजार बर्ष भन्दाबढी समयदेखि जंगली नेभाराको रुखको पूजा गर्छन् । सम्राट अशोककी छोरीले एक हांगा श्रीलंका लगेकीथिइन, जुन रुख अहिलेसम्म पनि त्यहिँ छ ।
अर्कोतिर, ३, ५०० बर्ष पहिले वैदिक स्तुतिमा पनि यस रुखको गुणगान पाइन्छ । करिब २ हजार बर्ष पहिलो पनि वैज्ञानिकहरुले नेभारा प्रजातिको जति पनि रुख छन्, ति सबैमा कुनै विशेष किसिमको किरा वा बारुला हुन्छन् भन्ने पत्ता लगाएका थिए । ति किरा, बारुलाहरु आफूलाई मन पर्ने जातको नेभारामा बस्ने गर्छन् ।

यो रुखले बाह्रैमास फल दिन्छ, जसले गर्दा यसमा आश्रित जीवहरु बाँचिरहेका हुन्छन् । नेभाराको फल खाएर बाँच्ने लगभग १, २०० प्रजाति छन्, जसमा चराचुरुंगी देखि कमिला, मौरीसम्म पर्छन । त्यसैले, पर्यावरण विद्हरुको मान्यता छ, ‘यदि यी प्रजातिका रुख लोप भएमा सबै समाप्त हुन्छ ।’

Loading...
Share on Google Plus