लुम्बिनीको उत्श्रृखल आन्दोलनमा गायक सत्यराजलाई लाग्यो ‘साढे सात’ को दशा -

लुम्बिनीको उत्श्रृखल आन्दोलनमा गायक सत्यराजलाई लाग्यो  ‘साढे सात’ को दशासत्यराज आचार्य नेपाली संगीत क्षेत्रको परिचित नाम हो । सबैको रोजाईमा पर्ने गायक सत्यराजको आवाजमा हजारांै गीतहरु रकेर्ड भएका छन् । उनी गायन क्षेत्रमा मात्रै हैन चलचित्रमा क्षेत्रमा पनि सक्रिय छन् । उनले काम गरेका चलचित्र आचार्य र कर्कसले सिने बजारमा राम्रै व्यापार गर्यो । सत्यराज हाल आफ्नो तेस्रो चलचित्र साढे सातको सुटिङमा व्यस्त छन् ।
आईतबार सत्यराजले सामाजिक सञ्जालमा केही तस्वीरहरु सेयर गरेका छन् । तस्वीरमा तराईमा प्रहरी र आन्दोलनकारी बीचको झडपलाई देखाइएको छ । हातमा कालो झण्डा,इट्टा,ढुङगा बोकेका उग्र आन्दोलनकारी,प्रहरी अनि स्थानियवासी बीचको झडप तस्वीरमा देख्न सकिन्छ । तत्कालको लागि साम्य भएको तराई आन्दोलनको यो दृश्यमा गायक सत्यराज आचार्यलाई पनि देख्न सकिन्छ । देशकै एक राम्रो कलाकारले यस्तो तस्वीर सेयर गर्दा फेरि आन्दोलन शुरु भएको त होईन भन्ने लाग्छ ।
16708542_1411225068928607_8201319691670470252_n
हेर्दा ठ्याकै आन्दोलन जस्तै देखिने यो दृश्य आन्दोलन त हो, तर वास्तविक भने होईन । नेपालमा भईरहेको विभिन्न आन्दोलन अनि जनतालाई यसले पारेको असरको बारेमा छायाँकन भईरहेको एक चलचित्र दृश्य हो यो । चलचित्र साढे सातमा सत्यराज आचार्य मुख्य भूमिकामा छन् । लुम्बिनी आन्दोलनको दृश्य छायाँकनको लागि स्थानिय बासीहरुले साथ दिएका थिए । ‘साढे सात’को सो दृश्य छायाँकन गर्ने समयमा मन्त्री दिपक बोहोरा देखि स्थानिय प्रहरी प्रशासनको व्यक्तिहरुको पनि बाक्लो उपस्थिति रहेको सत्यले फेसबुक मार्फत जानकारी गराएका छन् । (हेर्नुहोस फोटो)
16508729_1411224938928620_5168362923260462655_n 16640552_1411225062261941_7770902807378955657_n 16684251_1411225235595257_5621725905048511468_n 16708456_1411225005595280_8545369305110639999_n 16708718_1411224908928623_7881050079582273656_n 16729252_1411225162261931_312864498529844963_n 16729297_1411225152261932_2691895753471354144_n
source:forseenetwork.com
Loading...
Share on Google Plus