.

भोलि माघे पूर्णिमा, लक्ष्मी आराधना गरेर घर ल्याउनुस् अपार धन

काठमाडौं, २७ माघ — भोलि माघे पूर्णिमा हो । यो दिन लक्ष्मी माताको आराधना गर्नुपर्छ । देवी लक्ष्मीलाई पूर्णिमा प्रिय लाग्छ । त्यसमाथि पनि माघे पूर्णिमाको महत्त्व अरू पूर्णिमाभन्दा धेरै छ ।
धर्मशास्त्रहरूका अनुसार यो दिन खास उपाय अपनाउँदा धनकी देवी लक्ष्मीले कृपा बर्साउनुहुन्छ । अझ, त्यसमाथि भोलि त शुक्रवार । लक्ष्मी माताको कृपा पाउन शुक्रवार उत्तम दिन हो ।
पूर्णिमाको दिन बिहान पाँच बजेदेखि साढे दश बजेसम्म लक्ष्मी माता पीपलको वृक्षमा वास गर्नुहुन्छ । पानीमा शुद्ध दूध मिसाएर पीपलको रुखमा चढाउँदा माता लक्ष्मी प्रसन्न हुनुहुन्छ ।
वरको रुखमा धागोलाई रातो र पहेंलो रंगमा रंगाएर बेर्दा अखण्ड सौभाग्य प्राप्त हुन्छ अनि माता लक्ष्मी पनि प्रसन्न हुनुहुन्छ ।
वरको जरोमा गुलियो दही चढाउँदा मंगल, शनि र राहू जस्ता अनिष्ट ग्रहहरू शान्त हुन्छन् ।
मध्यरातमा महालक्ष्मीका साथ श्री हरि विष्णुको पूजन गर्नुस् र राति घरको मुख्य प्रवेशद्वारमा गाईको घिउको दियो बाल्नुस् ।
यसो गर्दा माता लक्ष्मी घरमा आउनुहुन्छ र घरभरि धनको भण्डार भरिदिनुहुन्छ ।
लक्ष्मी मन्दिरमा गएर ११ वटा गुलाफका फूल चढाउँदा पनि धनलाभ प्राप्त हुन्छ ।
बेलुका भगवान् सत्यनारायणको पूजा गरेर धूप, दीप, नैवेद्य अर्पण गर्नुस् अनि सत्यनारायणको पूजा गर्नुस् ।
पञ्जाब केशरीबाट
Loading...
Share on Google Plus