मान्छे मारेर गाडे, शव निकालेर त्यो खाल्डोमा भैंसी मारेर गाडे, मान्छेको शव जंगल पुर्याए

स्याङ्जा, २५ माघ - स्याङ्जामा एक व्यक्तिको हत्या गरि गाडिएको अवस्थामा शव फेला परेको छ । माघ २२ गते एक पुरुषको हत्या गरेर गाडेको अभियोगमा स्याङजा आरुचौर–४ का सञ्जय भनिने तिलक बिक सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मुख्य अभियुक्त तिलकले पुस २७ गते नाम थर र वतन नखुलेका हिमाली भेगबाट जडिबुटी बेच्न आएका ४५ बर्षीय एक व्यापारीको हत्या गरेका अभियोग छ ।
 स्थानीय शोभाखर विकको घरमा बास बसेका बेला धारिलो हतियारले हानेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।& हत्याका मुख्य अभियुक्त तिलकलाई सघाउने अन्य ११ जना पनि पक्राउ परेका स्याङ्जाका प्रहरी नायव उपरीक्षक विरबहादुर पुलामीले जानकारी दिए ।घर छेउमै गाडेको शव निकालेर भैंसीको पाडो गाडियोउनीहरुले सुरुमा शव घर नजिकैको बारीमा खाडल खनेर पुरेका थिए ।

स्थानीय र प्रहरीले शंका पाउने डरले खाडलमा पुरेको शव उनीहरुले निकाले । माघ ७ गते उक्त खाडलबाट शव निकालेर त्यहाँ चार महिनाको भैंसीको पाडो मारेर पुरिदिए । पुरुषको शव घरदेखि ५ घण्टा पैदल दुरीमा पर्ने अर्जुन चौपारी गाविस–५ सिमलचौर घट्टेबथान सामुदायिक वनमा लगेर बोरा र प्लाष्टिकले बेरेर गाडिदिए ।प्रहरी नायव उपरीक्षक पुलामीका अनुसार पुरुषको शव निकालिएको छ र १२ जना अभियुक्तहरु प्रहरी नियन्त्रणमा छन् । जडिबुटीको व्यापार गर्ने पुरुषसँग भएको नगद र जिन्सि लुट्न उनीहरुले हत्या रचेको पुलामीले बताए ।source:dcnepal.com
Loading...
Share on Google Plus