.

‘भ्यालेन्टाइन डे’ मा सलमान खानले प्रेमिकालाई दिए यस्तो उपहार, हेर्नुहोस् तस्बिर

सलमान खानले युलिया वन्तुरसँगको आफ्नो सम्बन्धबारे खुलेर चर्चा नगरेपछि उनले युलियाका लागि जे गर्छन् त्यसले स्पष्ट बताउँछ कि युलियाको लागि सलमानको मुटुमा कस्तो स्थान छ ।
यस्तैमा, भ्यालेन्टाइन डे को मौका पारेर सलमानले आफ्नी प्रेमिकालाई निकै राम्रो उपहार दिएका छन् ।
उनले युलियालाई सुनको जलप लगाइएको एक लकेटसहितको सिक्रि उपहार दिएको देखिएको छ । युलियाले उक्त सिक्रि लगाएको तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । लकेटमा लेखिएको छ, ‘लभ, केयर, सेयर, जोय, हेल्प, होप ।’
यो सिक्रि सलमान खानको जूलरी लाइनको हो जसलाई सलमानले केही समय पहिले सार्वजनिक गरेका थिए । निकै हँसिलो अनुहारमा उनले उक्त लकेट देखाएकी छिन् ।
स्मरण रहोस्, सलमानले युलियालाई व्यक्तिगत रुपमा मात्र नभई व्यवसायिक रुपमा पनि निकै समर्थन गर्दछन् । एक पटक उनी सधैंको लागि आफ्नो देश फर्किसकेकी छिन् तर सलमानले बोलाएपछि उनी पुनः भारत फर्किएकी छिन् ।
युलिया अब गायन क्षेत्रमा आफ्नो करियर बनाउन लागिपरेकी छिन् जसमा सलमानले पूर्ण समर्थन गरिरहेका छन् ।
Loading...
Share on Google Plus