भ्यालेन्टाइनमा निखिल जेठीतिर, निता एक्लै

काठमाडौं, फागुन ३ – फेब्रअरी १४ अर्थात प्रेम दिवस । प्रेम दिवस नेपालमा पनि मनाउन थालिएको छ । पे्रमिल कुराकानीसँगै आफ्ना प्रेमी प्रेमीकालाई उपहार दिएर प्रेम जोडीहरुका लागि विशेष बन्ने गरेको छ प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे । 
प्रेम दिवसमा कलाकारको पनि सामाजिक सञ्जालबाट शुभकामना दिएका छन् । प्रेम दिवसको दिन केही कलाकारहरुले आफ्नो विषेश व्यक्तिसँगको प्रेमलाई पनि सार्वजनिक गरेका छन् । कोही साथीभाइसँंग रमाउँदै छन् भने कोहीले मन्दिरमा पूजाआजा गरेर मनाएको कुरा सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । सामाजिक सञ्जालमा कलाकारको भ्यालेन्टाइन कस्तो छ त ?

भ्यालेन्टाइनमा निखिल जेठीतिर

नेपाली चलचित्र उद्योगमा ६ वर्षको ग्यापपछि कमब्याक गरेका नायक निखिल उप्रेती यो वर्षको भ्यालेन्टाइनमा जेठी बुढी कोपीलासँग देखिए । भ्यालेन्टाइनको शुभकामना दिँदै निखिलकी जेठी बुढी कोपीलाले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सेयर गरेकी छिन् जसमा निखिल पनि छन् ।  
संचिता लुईटेलसँग चलचित्र क्षेत्रमा काम गर्दा निखिलले दोश्रो प्रेम विवाह गरेका हुन् । निखिल संचितासँगको प्रेम विवाहकै कारण चलचित्र क्षेत्रबाट पछि हट्नु परेको थियो । केही समयको ग्यापपछि भने उनीहरु दुवैले कमब्याक गरिसकेका छन् । निखिल अहिले चलचित्रको छायाँकनमै व्यस्त रहेका छन् भने संचीता पनि बालबच्चाको स्याहार र चलचित्रकैै काममा व्यस्त छिन् । यो जोडीले मिडियासँग एकअर्काको बरोमा खासै खुलेर कुरा भने गर्ने गरेको छैन । 
Loading...
Share on Google Plus