.

दक्षिणी चिनियाँ सागरमाथी झण्डै ठोक्किए अमेरिकी र चिनियाँ सैन्य विमान

२९ माघ, एजेन्सी।
साउथ चाइना सी (दक्षिणी चिनियाँ सागर)को अन्तराष्ट्रिय वायु क्षेत्रमा अमेरिकी र चिनियाँ सेनाको विमान आपसमा ठोक्किनबाट जोगिएका छन्।
अमेरिकी नेभी क्याप्टेन जेफ डेविशको अनुसार नेभीको P-3C ओरियन र चिनियाँ सेनाको एयरक्राफ्ट १००० फिट नजिक आएका थिए। विमान यति नजिक आउँदा झण्डै ठोक्किने स्थित भएको उनले बताएका छन्।
चीनको विमानको कारण अमेरिकी विमानले आफ्नो ट्र्याक परिवर्तन गरेको थियो।
साउथ चाइना सीका द्वीपहरुमा चीनले गरेको सैन्यकरणलाई लिएर अमेरिका असहमत हुँदै आएको छ। ट्रम्पले सत्ता सम्हालेपछि विमान यति नजिक आएको यो पहिलो घटना हो। यसबाट चीनको नीति र रणनीतिमा कुनै परिवर्तन नआएको थाहा हुने डेभिस बताउँछन। उनी भन्छन, ‘हामीलाई लाग्छ यो घटना जानीजानी गराइएको हो।’
ट्रम्प-जिनपिङको वार्ताको एक दिन पहिले घटना
अमेरिकी अधिकारीहरुको अनुसार, यो घटना डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जीनपिङको फोनमा कुराकानी हुनुभन्दा एक दिन भएको हो।
फोनवार्तामा ट्रम्पले एक चीन नीतिलाई समर्थन गर्ने बताएका छन्। ट्रम्प र जिनपिङ बीचको यो फोनवार्ताले अमेरिका र चीनको सम्बन्ध सुधार गर्ने विश्वास गरिएको छ।
के भन्छ चीन?
यो घटना भएपछि चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई एक चिनियाँ सैन्य अधिकारीले भने, ‘चीनका दुई फाइटर विमानले अमेरिकी विमानको पिछा गर्दै निगरानी गर्दै गर्दा यो घटना घट्यो। यो पुरै घटनाको क्रममा सूरक्षित दूरी राखिएको थियो र कुनै खतरनाक कदम उठाइएको थिएन।’
सन् २०१३ मा ओबामाको कार्यकालको समयमा पनि साउथ चाइना सीमा अमेरिका र चीनका सैन्य विमान आमुन्ने सामन्ने भएका थिए। यो घटनाले पेन्टागन तनावमा आएको थियो।
Loading...
Share on Google Plus