.

दिल्लीमा मध्यरातमा शक्तिशाली भूकम्प

२५ माघ, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा गएराति भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरेपछि सुतिरहेका मानिसहरु घरबाहिर निस्किएका थिए ।
देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु भएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचार माध्यामले जनाएका छन् । अमेरिकी भूगर्भ विभागले भने ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको छ ।

भारतको राजधानी नयाँदिल्ली, उत्तर प्रदेश, हिमाञ्चल, हरियाणालगायत क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको बीबीसी हिन्दीले जनाएको छ । के कति क्षति भयो यसको विवरण भने आइसकेको छैन ।
source:nepaliheadlines.com
Loading...
Share on Google Plus