फेसबुकको १३ औं जन्मदिनमा यसरी बनाउनुस् मज्जाको ‘फेसबुक भिडियो’

Loading...
काठमाडौं, २० माघ – सामाजिक सञ्जाल फेसबुक १३ बर्ष पुगेर १४ बर्षमा लागेको छ । सन् २००४ फेब्रुअरी ४ तारिखका दिन द फेसबुकका नाममा संस्थापक मार्क जुकरवर्गले यो सामाजीक सञ्जाल सुरु गरेका थिए । अहिले फेसबुक विश्वभर सबैभन्दा बढी प्रयोग गरिने साइट बन्न सफल भएको छ ।

 सन् २००६ को सेप्टेम्बर २६ तारिखका दिनदेखि मात्रै फेसबुकमा १३ वर्षमाथिका सबैका लागि एकाउन्ट खोल्ने सुविधा सुरु भएको हो । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वभर फैलाउने उद्देश्यका साथ फेसबुकको निर्माण गरेका थिए । फेसबुकका अहिले डेढ अर्बभन्दा भन्दा बढी प्रयोगकर्ता छन् ।

आफ्नो बार्षिकोत्सवको अवसरमा फेसबुकले साथीहरुसँग बिताएका पलको भिडियो बनाउन सक्ने सुविधा दिएको छ । आफ्नो टाइमलाइनमा गएर सजिलै यो भिडियो बनाउन र शेयर गर्न सकिन्छ ।
Loading...
Share on Google Plus