कपिलवस्तुमा मोटरसाइकल दुर्घटना अर्घाखाँची खिदिमका एकको मृत्यु

Loading...
कमल विस्ट
कपिलवस्तु, ६ फागुन
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको खिदिम गाविसका १९ वर्षीय महेश सुनार रहेका छन् । यस्तै घटनामा परी खिदिम ९,अर्घाखाँचीका २५ वर्षे प्रकाश सुनार घाइते भएका छन् । बिहीबार राति साढे ९ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २१ प ५३५८नम्बरको मोटरसाइकल जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर छालाफेक्ट्री नजिकै सुपादेउराली मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो । तीब्र गतिका कारण मोडमा अनिन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी घाइते भएका प्रकाशलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
मृतक महेशको शवलाई पोष्टमार्टमका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । उनीहरु दुवैजना खरेन्द्रपुरस्थित अर्घाखाँची सुनचाँदी पसलका कालिगढ थिए । उनीहरु घर गएर पसल आउन लागेको बुझिएको पत्रकार सनिउल्ला धोबिले जनाएका छन ।
Loading...
Share on Google Plus