.

यस्तो छ युएईमा साग बेच्ने नेपाली रामप्यारीको कहानी

युएई–रायो साग किन्नुहोस्, रायो साग …… नेपालबाट ल्याएको । कति हो दिदी ? ‘दश रूपैयाँ भाई ।’ बोली नसकिदै ‘२ मुठा दिनुस् ।’ पार्कमा बसिरहेको एक जोडी खासखुस कुरा गर्छन् । ‘कस्तो नेपालकै याद आयो हामीलाई नि दिनुस् न साग’ । एक मुठा साग लिन्छन् । फेरी उही गन्तब्यतिर लाग्छन् । काँधमा केही मुठा साग र पछाडी प्लास्टिकमा पनि साग अनि एक सहयोगी । साग आयो साग… निरन्तर प्रकृया चलिरहन्छ ।

गत हप्ता दुबईको मेट्रो पार्कमा (नेपाली पार्क भन्दा सजिलै चिनिने) एक नेपाली महिला हातमा साग बोकेर यसरी नै बेच्दै थिईन् । प्राय शुक्रबार नेपालको हाटबजारमा लाग्ने मेला भन्दा धेरै नेपालीहरूको चाप हुने उक्त पार्कमा ब्यापार गर्दा सजिलै बिक्री हुने आशयले ति महिलाले साग बेच्न यो विधि अपनाएको हुनसक्छ ।
उनी साग बेच्न अघिअघि जान्छिन् । म पनि फोटो मात्रै भए पनि लिन्छु,भन्दै उक्त महिलाको पछिपछी लागी रहेको हुन्छु । फेरी उभिन्छु, मोबाईल तयारी अबस्थामा छ । फोटो लिन सक्दिन । यो क्रम दोहोरिदै जान्छ ।सयौ महिला पुरूष बसिरहेको पार्कमा एक अधबैशे महिला आफ्नो काँधभरी सागको मुठा लिएर बेच्दै गरेको उनको हिम्मत देखेर मलाई कता कता उनीसँग केही कुरा गर्न मन लाग्यो । फेरी पार्कमा यसरी असुरक्षित ब्यापार गरेमा पार्कको सेक्युरेटी, सुरक्षाकर्मीले समात्ने र जरिवाना तिराउने उनलाई थाहा नहुन पनि सक्छ ।
फेरी उनले साग बेचिरहेको ठाँउमा गए । सुटुक्क फोटो लिन खोजे, तर उनले देखिन् । ‘हैन यो भाईले मेरो फोटो लिदै छ कि क्या हो ?’ भाई फेसबुकमा नहाल्दिनु है । अचम्म, साग लिने अर्को एक युवाले रातो आँखा बनाउदै मलाई हेर्दै थियो । मलाई महशुस भयो । किनकी उसको साथमा पेप्सीको बोतलमा पेप्सी हैन रक्सी अनि टाउको अड्याउने काँख थियो । यस्तो हर्कत पार्कमा एउटा हैन, दिनदाहाडै सयौ जोडी देखिन्थ्यो । जब साँझ पर्दै गयो, कुना काप्चा भरिदै जाने र दिनमा खुलेयाम पार्कमा यस्ता गतिबिधि गर्ने कतिपय नेपालीहरू दुबई सरकारको निगारानी र कयौले जेल जिवन बिताई रहेका प्रमाणहरू प्रसश्तै छन् ।
‘हुन्छ दिदी म केही कुरा गर्न मन लागेर भेट्न आए’ भने सहमतिमा नै १ र २ क्लिक लिए । उनि ब्यापारमा नै ब्यस्त थिईन् । बोल्ने फुर्सदै थिएन । फोन नंम्बर मागेपछि सम्पर्क गर्ने बाचा सहित म लागे ।
‘महिनामा साठीदेखी सत्तरी हजारसम्म कमाँउछु’
माथी उल्लेखित ब्याक्ति हुन्– मोरङ् ,टाँडी ८ धोबेनीकी रामप्यारी धमला । रोजगारीका शिलशिलमा युएई आएकी धमला कामको अलवा आफैले लगाएको साग खेतीबाट मासिक साठी देखी सत्तरी हजार रूँपैया कमाउने बताउछिन् । सात बर्ष अघि युएई छिरेकी उनले साग बेच्ने गरेको बताईन् । यसरी साग बेच्दा १५ दिनमा कम्तिमा १२ सय दिराम अर्थात ३५ हजार रूपैया कमाउछिन् ।  यसबाहेकाे कामबाट  हुने अाम्दानी त छदैंछ ।  त्यसो त युएईमा ब्यापार गर्न सजिलो नभएको उनको अनुभव छ । भनिन् ‘कहिलेकाही बलदियाको (नगरपालिका) त्रास, कतै नेपालीहरूले पनि जिस्क्याउने गर्दा काम गर्न अलि अठ्यारो हुन्छ ।’
श्रीमान सुक बहादुर धमालासँगै बस्दै आएकी रामप्यारीले सागको अलवा काक्रो, लौका, बोडी,लसुन बाली खेतीमा मकै लगाएको बताईन् । कम्पनीको भिषा भएपनि घरमा काम गर्नै भएकोले तरकारी खेती गर्न पाएकोमा उनी निकै खुशी छिन् ।
जुमल्याहा छोराहरू राम,लक्ष्मण साथमा एक छोरीकी (तिन सन्तान) आमा भैसकेकी रामप्यारीले कमाएको पैसा नेपाल पठाउने र छोराहरूको पढाईमा खर्च हुने बताईन । राम लक्ष्मण कक्षा ६ मा पढ्दै छन् ।
घरको कामबाहेक बालुवामा तरकारी खेती गरेर मनग्य पैसा कमाउन पाँउदा खुशी नै छन रामप्यारी । तर, मिहेनत भने गर्ने पर्छ ।
source:ratopati.com
Loading...
Share on Google Plus