रेखा र कोमललाई चुनावी चटारो

५ फागुन, काठमाडौं । चर्चित कलाकार रेखा थापा र सञ्चारकर्मी कोमल वलीलाई यतिबेला चुनावको चटारो छ ।
हालसालै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थापा र वली दुबै केन्द्रीय सदस्यमा उमेद्बारी दिने तयारीमा छन् । उनीहरुले चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

उनीहरुले फोटोसहित फ्लेक्स प्रिन्ट गरेर प्रचार अभियान तिब्र बनाएका छन् । राप्रपा प्रवेश गरेलगत्तै खरो राजनीतिक अभिव्यक्ति दिँदै भाषण गरेकी रेखाले अत्यधिक बहुमतका साथ चुनाव जित्ने अनुमान गरिएको छ ।

रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिएकी गायिका समेत रहेकी वलीको पनि राम्रो माहोल बनेको छ । काठमाडौंको भृकुटी मण्डपमा राप्रपाको एकता महाधिवेशन भोलीदेखि सुरु हुँदैछ ।
source:nepaliheadlines
Loading...
Share on Google Plus