.

कानको दुलामा सर्प छिरेर अड्किएपछि…

16443263_1534070353287218_1114460690_nअमेरिकाको ओरेगन राज्यमा बस्ने एक महिलाको घरपालुवा पाइथन उनको कानको गहना लगाउने दुलाबाट निस्कने क्रममा अड्र्किको छ । ऐशली ग्लाईले आफ्नो फेसबुक पेजमा तस्बिर पोस्ट गरेकी छन्, जसमा कानमा सर्प छुण्डिरहेको देखिएको छ ।
उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘अहिलेसम्मको मेरो जीवनको सबैभन्दा पागलपनले भरिएको समय, मेरो साप मेरो कानमा नै फस्यो र मैले यसलाई निकाल्नका लागि अस्पतालको इमरजेन्सीमा भर्ना हुनुप-यो ।’
ऐशलीले पाइथन अचानक आफ्नो कानका घुस्दा यस्तो घटना भएको बताएकी छन् । उनले भनिन्, ‘यो सबै यति छिटो भयो, जब मैले के भएको हो भन्ने थाहा पाए, त्यो बेला निकै ढिला भइसकेको थियो ।’ उनले आफूसँगै सर्प के होला भन्ने चिन्ता भएपनि अहिले सबै ठीक भएको बताएकी छन् । चिकित्सकहरुले अस्पतालमा उनको कान नकाटिकनै सर्पलाई कानबाट निकालेर दुवैको ज्यान बचाएका छन् ।
source:http://rajdhanidaily.com
Loading...
Share on Google Plus