.

कोमल वलीले दिइन् राजीनामा

४ फागुन, काठमाडौं।
केही समय अघि राप्रपामा प्रवेश गरेकी चर्चित गायिका एवंं सञ्चारकर्मी कोमल वलीले अब राजनीतिमा होमिने निर्णय गरेकी छिन् ।
पूरा समय राजनीतिलाई दिने भएपछि उनले रेडियो नेपालको सरकारी जागिरबाट राजीनामा दिएकी छिन् ।
गएको मंसिर ६ गते काठमाडौंमा भएको कार्यक्रममा राप्रपामा प्रवेश गरेपछि वलीलाई रेडियो नेपाल व्यवस्थापनले स्पष्टिकरण सोधेको थियो ।
उनले पार्टी राजनीतिमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताएकी छिन् । उनले स्पष्टिकरणको जवाफ दिनुको सट्टा राजीनामा बुझाएको रेडियो व्यवस्थापनले जनाएको छ ।
Loading...
Share on Google Plus