मार्क जुकरवर्गकी पत्‍नी पनि निकै दानविर, घर नभएकाहरुलाई दिईन् ३.६ मिलियन डलर दान

माघ २६ गते- फेसबुकका संस्थापक मार्क जुकरवर्गकी पत्‍नी चान जुकर्वगले घर नहुनेहरुका लागि आवास संकट राहत अभियान सुरु गरेकी छन् । चानले ३.६ मिलियन डलर दान गर्दै सो अभियानको सुरुवात गरेकी हुन् । गरिब कामदारहरुको हितमा सानफ्रान्सिस्को उपमहानगरमा बसोबास गर्दै आएका आवास क्षेत्रमा उक्त आवास परियोजा सुरुवात गर्न लागिएको छ । फेसबुकको मूख्यालय नजिक रहेको बासोबास गर्ने घरवारविहीनहरुको लागि सामुदायिक कानुनी सेवा परामर्श प्रदान गर्नेछ जसलाई इस्ट पालो अल्टोमा नामले चिनिनेछ । यसको लगात करीब ३१ लाख डलर रहनेछ । यो लगानीले त्यहाँ बसोबास गर्ने धनीहरुसँग सशक्त रुपमा अदालतमा उत्रिन सहयोग हुने बताइएको छ । संस्थाले गरीब तथा असहायलाई नि:शुल्‍क कानुनी सेवा प्रदान गर्नेछ । यो संस्थाले तीन वर्षमा करीब २ हजार ५ सय निवासीहरुलाई राहत पुर्‍याउने लक्ष्य लिएको छ । यस्तै करीब ५ लाख डलर युसी बर्कमा आवासका लागि टेर्नर केन्द्रमार्फत लगानी गरिनेछ ।
Loading...
Share on Google Plus