नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्ने अनुमान

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पार्धाको सामना गरिरहेको एप्पलको नयाँ आइफोनको निकै चर्चा भइरहेको छ । विभिन्न समाचारमाध्यमले उल्लेख गरेअनुसार नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्नेछ। आगामी सेप्टेम्बरमा लन्च हुने भनिएको आइफोनको सुरुवाती मोडल ३२ जीबीको हुने र यसमा धेरे नयाँ फिचर हुने बताइएको छ । सामाजिक सञ्जालमा नयाँ आइफोनको फोटो भनेर पनि लीक भइरहेको छ । फोटोअनुसार ३.५ एमएम इयरफोन ज्याक छैन । यसबाहेक यसमा ए१० प्रोसेसर, पहिलेभन्दा राम्रो ग्राफिक्स कार्ड र क्यामरा हुने बताइएको छ ।
source:news24nepal.tv
Loading...
Share on Google Plus