.

नेपालमा दोब्बरले यौनकर्मी बढेको प्रतिवेदन सार्वजनिक, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं, ५ फागुन । नेपालमा दोब्बरले यौनकर्मी बढेको प्रतिवेदन सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बिहीबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या दोब्बरले वृद्धि भएको दाबी गरिएको छ ।
जसमा सबैभन्दा धेरै यौनकर्मी काठमाडौंमा र त्यसपछि क्रमशः भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा यौनकर्मीको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले त्यो संख्या बढेर ५४ हजारको हाराहारीमा पुगेको प्रतिवेदनमा दाबी गरिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको उक्त अध्ययन प्रतिवेदनमा महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको उल्लेख छ ।
विभिन्न ४४ जिल्लामा गरिएको उक्त प्रतिवेदनमा अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ । सुईबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।
उक्त प्रतिवेदन सार्वजनिक गर्दै वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको जानकारी दिए ।  साथै यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुले यौनजन्य रोगका कारण मृत्यु हुनेको संख्या दोब्बर रहेको भन्दै चिन्ता व्यक्त गरे ।
source:http://medianp.com/
Loading...
Share on Google Plus