.

नेपालीलाई अमेरिका छाड्न ट्रम्प समर्थकको धम्की

१९ माघ, काठमाडौं ।
अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी कामदारहरुलाई प्रवेशमा कडाई गर्न एच-१बी विधेयक संसदमा पेश गरेपछि त्यहाँस्थित नेपालीहरुलाई धम्क्याउन थालिएको छ ।
एच-१बी विधेयक पेश भएपछि ट्रम्पको अमेरिका तथा विश्वका विभिन्न देशमा चर्को विरोध भइरहेका बेला उनका समर्थकहरु भने आप्रवासीहरुलाई धम्की दिन उनीहरुको कोठा कोठामा पुग्न थालेका छन् । (अमेरिका सपना झन् टाढा, भिसासम्बन्धी विधेयक संसदमा पेश)
ट्रम्पका समर्थकहरुले नेपालीहरुलाई पनि कोठामै पुगेर अमेरिका छाड्न धम्की दिन थालेका छन् । नेपालबाट पढ्नका लागि अमेरिका पुगेकी विद्यार्थी रिया अधिकारी बस्दै आएको छात्राबासको कोठाको ढोकामा उनलाई अमेरिका छाडेर जान भन्दै चेतावनीयुक्त सन्देश लेखिएको हो ।
जर्जिया राज्यको मेकन शहरस्थित महिला कलेज वेस्यलेनको छात्रबासको कोठाको ढोकामा सेतो पाटीमा ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) #ट्रम्प भन्दै धम्कीपूर्ण भाषामा लेखेको सन्देश पाइएपछि त्रासको माहोल बनेको छ ।
तर ट्रम्पका समर्थकको यो धम्कीपूर्ण सन्देशको रियाले फेसबुकमार्फत कडा जबाफ दिएकी छन् । उनले यो धम्कीले आफू बिचलित नभएको भन्दै आफूलाई अझै शक्तिशाली बनाएको उल्लेख गरेकी छन् । (ट्रम्पले तर्साएपछि चीनको शरणमा भारतीय कम्पनी)
‘हामीलाई यो सन्देश छाड्नेहरुमाथि पैदा भएको घृणाले आफूसँग कति समर्थन छ भन्ने देखाएको छ’, उनले भनेकी छन्,‘तिमीले मलाई एक्ली सोच्यौ होला। तर, तिमीले बुझ मसँग सेना पनि छ । अब तिमीले मलाई संगठित गर्न झनै सहयोग गरिदियौ ।’
source:americanepal.net
Loading...
Share on Google Plus