करिब ६ महिनादेखि रोकिएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ आजदेखि प्रसारण हुने

Loading...
करिब ६ महिनादेखि रोकिएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ आजदेखि प्रसारण हुने भएको छ। भद्रगोल उत्पादक ‘मिडिया हब’ ले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने रकम नतिरेपछि टेलिभिजनले १०९ औं श्रृंखलामा कार्यक्रम रोकिदिएको थियो।
मिडिया हबले टेलिभिजनसँग समय किनेर कार्यक्रम चलाउने गर्छ। भुइँचालोपछि विज्ञापन कम आएको भन्दै हबले टेलिभिजनसँग विज्ञापनको शुल्क घटाउन अनुरोध गरेको थियो। तर, टेलिभिजनले मुल्य घटाएन। पुरानै दरमा सम्झौता भएर कार्यक्रम प्रसारण गर्न लागिएको हबका प्रमुख सोम धितालले बताए।
त्यसो त, हब र टेलिभिजनबीच रकमसम्बन्धि विवाद पहिलेदेखि नै चल्दै आएको थियो। हबले टेलिभिजन र टेलिश्रृंखलालाई समयमा पैसा नदिँदा बेला–बेला विवाद चलिरहन्थे। यसै कारण तीतो सत्य, जिरे खुर्सानीजस्ता टेलिश्रृंखला बन्द भए।
Loading...
Share on Google Plus