अनुहार ‘बार्बी डल’ शरिर बडिबिल्डरको, हेर्नुस् तस्बिर

एजेन्सी ।
रुसकी युलिया विक्टोरोवना भिन्स अर्थात् जुलिया भिन्स हेर्दा कुनै बार्बी डलजस्तै देखिन्छन् । तर, उनको शरीरलाई हेरेर सबै छक्क पर्छन् । उनी एक व्यावसायिक ‘पावरलिफ्टर’(भारोत्तोल जस्तै खेल, जसलाई तीन चरणमा खेलिन्छ) हुन् ।
२० बर्षीय जूलिया बार्बी डल जस्तै देखिन्छिन् । उनको साझो–सुन्दर अनुहारको पछि बलियो शरीर देखेर धेरैको मन लोभिने गर्छ । उनलाई सामाजिक सञ्जालमा साढे चार लाखबढीले फलो गरिसकेका छन् ।
जूलिया भन्छिन्, ‘मैले कहिल्यै ‘पावरलिफ्टर’ बन्छु भन्ने सोचकी थिइन्, म त खाली आफ्नो स्वास्थ्य र विश्वास बढाउँन मात्रै ‘वर्कआउट’ गर्थे । तर, अब म एक व्यावसायिक ‘पावरलिफ्टर’ हुँ ।’
जूलियाका अनुसार उनी आफ्नो प्रशिक्षकका कारण यस खेलमा आएको बताउँछिन् । ‘मैले जुन काम रोजे त्यसमा धेरैको आलोचना सुन्नमा आउँछ, तर मलाई यसले दुःखी बनाउँदैन ।’ जुलियाले भनिन् ।
फलोअर्स बढाउन इन्स्टाग्राममा तस्विर हालिरहेकी हुन्छन् जूलिया । उनलाई धेरैले ‘परफेक्ट वुमन’ भनेर बलाउँछन् । जूलिया शरीरलाई पूर्ण आकार दिन हप्तामा ५ दिन जिम जान्छिन् र तालिकाको हिसाबले खाना वा डाइट लिने गर्छिन् ।
Loading...
Share on Google Plus