.

इस्काभेटर चलाएर सडक बचाउ अभियानमा प्रधानमन्त्री

रौतहट, माघ २९,  । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भए ।
माओवादी नेता तथा रौतहट क्षेत्र नं.–३ का निर्वाचन सांसद प्रभू शाहले २ वर्षयता चलाउँदै आएको सडक बचाउ अभियानमा प्रधानमन्त्री प्रचण्डले आफै इस्काभेटर चलाएर सडक बिस्तार र संरक्षणमा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले सडक बचाउ अभियानले राष्ट्रिय विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए ।
इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका प्रचण्डले भने, ‘रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ ।यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रौतहटका २ गाविसका १५०० छात्राहरुलाई साइकल बितरण गरेका थिए । मधेशी समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल बितरण गरिएको सो अवसरमा सांसद प्रभू शाहले बताए ।
source:http://everestdainik.com
Loading...
Share on Google Plus