मुसहर बस्ती निर्माणमा चमत्कार, १ महिनामै ३० प्रतिशत काम सकियो, सहयोग संकलनका लागी अष्ट्रेलिया पुगेका धुर्मुस सुन्तली आजै नेपाल फर्कने

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । १ महिना अघि नेपालका चर्चित हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा शिलान्यास गरिएको बर्दिबास स्थीत नमुना मुसहर बस्तीमा ३० प्रतिशत भन्दा बढि काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।
१ महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ परियोजनाका संयोजक न्यौपानेले भने यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको मुसहर बस्ती सोचे अनुरुप भन्दा छिट्टै काम भईरहेको छ । १५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको बताईएको छ । मुसहर बासीहरुले पनि बस्ती निर्मँणमा साथ दिईरहेको बताउने न्यौपानेले सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडी बढिरहेको जानकारी दिए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्मँणमा खटिरहनुभएको छ’ ।
musahar-basti-01
उता एकिकृत नमु्ना मुसहर बस्ती निर्मँणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडि सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आजै नेपाल फर्कदै छन् । अष्ट्रेलियाका बिभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गरेर यो जोडि नेपाल फर्किन लागेको हो । अष्ट्रेलियामा गज्जबको ईभेन्ट्स द्धारा आयोजना गरिएको धुर्मुस सुन्तली सांझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् । गज्जबको इभेन्ट्सका आयोजक प्रदिप चापागांईले जानकारी दिए अनुसार अष्ट्रेलियाको पहिलो कार्यक्रम धुर्मुस सुन्तली सांझबाट २५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ भने एडिलेटबाट १५ हजार, मेलवर्नबाट २३ हजार, ब्रिसबेनबाट १९ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ । अष्ट्रेलियाका बिभिन्न कार्यक्रमहरुबाट जम्मा ६५ लाख नेपाली सहयोग रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले बताएका छन् । अष्ट्रेलियाबाट सहयोग गर्ने सम्पुर्ण नेपालीलाई धन्यवाद दिदै उनले सहयोग गर्न चाहनेलाई पनि छिटो भन्दा छिटो सहयोग गर्नका लागी आग्रह गरेका छन् । ‘हामिलाई छिटो भन्दा छिटो सहयोग संकलन गर्नुपर्ने छ’ उनले भने ‘सबैको साथ र सहयोगले बस्ती निर्माणमा हौसला थपेको छ’ ।
musahar-basti-02
धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती निर्माणका लागी बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेसनका लेखा अधिकृत सरोज खत्रीले बताएका छन् । अहिलेसम्म धुर्मुस सुन्तली फाउण्डेसनको बैंक अफ काठमान्डौको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको छ भने कृषि बिकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढि रकम जम्मा भएको छ । सहयोग रकमलाई नै आधार मान्ने हो भने फाउण्डेसनलाई अहिले सम्म १ करोड बराबारको सहयोग रकम प्राप्त भएको छ । जसमा फाउण्डेसनको बैंक अफ काठमान्डौमा जम्मा भएको र कृषि बिकाश बैंकले दिएको १५ लाख गरि १ करोड बराबार सहयोग रकम संकलन भएको हो । गिराञ्चौर परियोजनाबाट बांकि बसेको १ करोड बराबारको रकम सहित फाउण्डेसनको खातामा २ करोड बराबरको रकम संकलन भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान लिईएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागी ७० लाखको हाराहारीमा खर्च गरेको छ । फाउण्डेसनका लेखा अधिकृत खत्रीले बताए अनुसार अहिलेसम्मको सहयोग रकममा अष्ट्रेलिया बाट उठेको र कतारबाट घोषित रकम अझै बैंकको खातामा जम्मा भईसकेको छैन् । घोषित रकम र अहिलेसम्मको संकलित सहयोग रकम सहित फाउण्डेसनमा अहिलेसम्म २ करोड ५० लाख बराबरको सहयोग संकलन भएको बताईएको छ । परियोजनाको अनुमानित रकमका लागी अझै २ करोड बढि सहयोगको खांचो छ । जसका लागी धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग गर्न चाहने सम्पुर्णलाई सहयोगको लागी अपिल गरेको छ ।
Loading...
Share on Google Plus